हामी को हौं?

East Colfax कम्यूनिटी कलेक्टिभ (EC3) समुदायद्वारा-सञ्चालित, बहुसांस्कृतिक, यहाँका बासिन्दा, स्थानीय व्यवसायी र गैर-नाफामुखी व्यक्ति, तथा साझेदारहरु समावेश भएको सामाजिक-आर्थिक रूपले विविध वकालत गर्ने संगठन हो ।

हाम्रो लक्ष्य

हाम्रो लक्ष्य भनेको विस्थापनको विरुद्ध लड्ने र हाम्रो आफ्नो भविष्यलाई आकार दिन समुदायमा सामूहिक शक्ति निर्माण गर्ने हो ।

दृष्टिकोणः

हाम्रो दृष्टिकोण भनेको कम र मध्यम आय भएका बासिन्दा र स्थानीय स्वामित्वका व्यवसायहरू फस्टाउन सक्ने बहुसांस्कृतिक समुदाय निर्माण गर्ने हो ।

EAST COLFAX कम्यूनिटी कलेक्टिभ:

New Updates

Donate to The East Colfax Small Business Relief Fund

हामी के गर्छौ:

तत्काल राहत उपलब्ध गराउने:

हामी हाम्रो आवास सहायता अभियान, हाम्रो East Colfax कानूनी क्लिनिक, र हाम्रो East Colfax साना व्यवसाय राहत कोषमार्फत विस्थापनको जोखिममा रहेका छिमेकी र व्यवसायलाई प्रत्यक्ष रुपमा सहायता प्रदान गर्दछौं ।

आवासको समाधान:

हामी हाम्रो समुदायको दृष्टिकोणमा आधारित आवास सङ्कटको स्थायी समाधानको लागि वकालत गर्दछौं ।

सामुदायिक भवन:

हामी East Colfax मा नेतृत्व, सामुदायिक सम्पर्क, र प्रतिष्ठा निर्माण गर्न कार्यक्रम र क्रियाकलापहरु सिर्जना गर्दछौं ।

साना व्यवसाय सहायता:

हामी अन्य व्यक्तिहरुको बीचमा इजाजत पत्र, अनुमति दिने र घरधनीको समस्याहरूमा सहायताको माध्यमबाट साना व्यवसायहरूको पक्षमा वकालत गर्दछौं ।

सामुहिक रुपमा बसोबास गर्ने भवन:

हामी उपयुक्त आवास नीति र समुदाय केन्द्रित निर्णय लिने प्रक्रिया अगाडि बढाउनको लागि स्थानीय, क्षेत्रीय र शहरव्यापी स्तरमा शक्ति निर्माण गर्दछौं ।

नीतिगत वकालत:

हाम्रो समुदायमा आफ्नो छिमेकमा प्रभाव पार्ने सबै नीतिगत स्थानहरूमा आवाज छ भन्ने कुराको हामी सुनिश्चित गर्दछौं ।

मुख्य मान्यताहरू:

समुदाय-सञ्चालित: प्रभावकारी व्यक्तिले निर्णय लिँदा परिणामहरू सँधै झनै राम्रा हुन्छन् भनेर EC3 ले विश्वास गर्दछ ।

भाषागत न्याय: EC3 ले हाम्रो समुदायको आवाजलाई सम्मान गर्दछ र सबै जना मानिसको आफ्नो लागि बोल्ने अधिकार रहेको छ र आफूले रोजेको भाषा अरुले सुन्नु पर्छ भन्ने विश्वास गर्दछ ।

समता: EC3 ले नीति तथा अभ्यासहरुलाई महत्व दिन्छ जसले हामी सबै जनाले एकै स्थानबाट शुरू गर्दैनौं र प्रत्येक समुदायको नयाँ जीवन्त अनुभव र आवश्यकताहरू सम्बोधन गर्न डिजाइन गरिएको हो भनेर मान्यता दिन्छ ।

नवीनता: EC3 ले विस्थापनको लागि समाधान सशक्त खालका, नयाँ विचार भएका हुन्छन् जुन हाम्रो समुदायमा जड भएर रहेका छन् भनेर विश्वास गर्दछ ।

शक्ति निर्माण: EC3 ले हामीले गर्ने सबै कार्यहरु हाम्रो समुदायको लागि शक्ति निर्माण  गर्ने सेवामा हुनु पर्दछ भनेर विश्वास गर्दछ ।

समाधान उन्मुख हुने: हामीले समस्या बताएर बस्नुभन्दा धेरै काम गर्नै पर्छ, हामी समाधानतिर लाग्नै पर्दछ भनेर  EC3 ले विश्वास गर्दछ ।

हाम्रा उपलब्धिहरु

अक्टूबर 2019।

EC3 की स्थापना 2019।

हाम्रो समुदायलाई प्रभाव पार्ने विकास योजनाहरू समुदायद्वारा नै सञ्चालित हुन्छन् र यसले हाम्रो समुदायलाई विस्थापन हुनबाट जोगाउदछ भनेर सुनिश्चित गर्न East Colfax Neighborhood (ECN) को प्रतिनिधित्व गर्ने आवाज निर्माण गर्ने तत्कालको आवश्यकताबाट EC3 अक्टोबर 2019 मा गठन गरिएको थियो ।

2020।

EC3 ले 2020 मा गरेका उपलब्धिहरू:
  • हामीले East Colfax का लागि विस्थापनको विरूद्ध सुरक्षा सुदृढिकरण गर्दै डेन्भरको पूर्वी क्षेत्र योजनामा 65 भन्दा बढी थप जित प्राप्त र्यौं ।
  • हामीले हाम्रो आवास सहायता क्याम्पेन सुरु गर्यौं र रेन्टल सहायतामा $628,863 भन्दा बढी वितरण गर्यौं र पहिले प्रोग्राममा पहुँच लिन नसकेको ठुलो संख्याको गैर-अंग्रेजी बोल्ने समुदाय सदस्यहरूको 36 निष्कासन रोक्न हस्तक्षेप गर्यौं ।
  • हाम्रो साना बिजनेस राहत क्यामपेनले स्वतन्त्र East Colfax साना बिजनेस राहत कोष निर्माण गर्न सफल भयो र हामीले $38,000 सिधा अनुदान वितरण गर्यौं । हामीले East Colfax का 52 साना बिजनेसहरूलाई कुल $298,279 को कोभिड-19 राहत अनुदान ल्याउन साना बिजनेस मालिकहरूलाई एप्लिकेसनहरू नेभिगेट गर्न सहायता पनि गर्यौं ।
  • भाषागत न्यायमा 100% प्रतिबद्धता: सबै EC3 सामुदायिक बैठकहरूलाई समान सहभागिताको सुनिश्चित गर्न 2 देखि 5 भाषाहरूमा उल्था गरिन्छ ।
Our Team

Board of Directors

Towanna Henderson

Board President

Nebiyu
Asfaw

Board Vice President

Rev. Laura Rossbert

Board Treasurer

Nathan Adams

Board Secretary

Jesus Gonzalez

Board Member

Htwe Htwe Aung

Board Member

Our Staff